काठमाडाैं- केन्द्रमा एकीकरण भएपनि स्थानीय तहसम्म जारी नै रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया झन् जटिल बन्दै गएको छ। एकीकरणको लागि मापदण्ड तय गर्न नसक्दा जिल्ला, प्रदेश तथा जनवर्गीय संगठनको एकता हुन नसकेको हो।
_x000D_
_x000D_
यसअघि सचिवालयले गरेका निर्णयमा असन्तुष्टि रहेपछि नयाँ मापदण्ड तय गर्ने बताइएको थियो। स्थायी समितिको बैठकमा पेश गर्ने कार्यसूची तयार गर्न नसकेपछि सचिवालयको बैठक सकिएको थियो। आन्तरिक तयारी नपुगेको भन्दै सचिवालय बैठक पुनः सारिएको छ।
_x000D_
_x000D_
शनिबारको लागि डाकिएको बैठक कात्तिक ४ गतेका सारिएको छ भने स्थायी समितिको बैठक १२ र १३ गतेको लागि बोलाइएको छ। अध्यक्षद्धय विदेश भ्रमणमा निस्किएपछि रोकिएको तल्लो तहको एकीकरण प्रक्रियाले गति अझै लिन सकेको छैन।
_x000D_
_x000D_
प्रदेश ५ का जिल्लामा भएको एकता विवाद प्रदेश नेतृत्वसम्म पुगेको छ। वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो अनुपस्थितिमा प्रदेश नेतृत्व गठन गरेको भन्दै असहमति महासचिवलाई बुझाएका छन्।
_x000D_
_x000D_
जिल्ला नेतृत्वको लागि बनाइएको एकीकरण मापदण्ड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षले कुल्चेको नेपालको आरोप छ। सरकारी पदमा रहेका तथा निर्वाचनमा विजयी भएकालाई पार्टी संगठनको मुख्य भुमिका नदिने यसअघिको आधार वेवास्ता गरिएको असन्तुष्ट पक्षको भनाई छ।
_x000D_
_x000D_
जिल्ला तहका कमिटीमा नेतृत्वको लागि नाम आएपनि उत्तिकै संख्यामा गुनासा महासचिव विष्णु पौडेल समक्ष आएको बताइएको छ। जनवर्गीय संगठनहरु एकीकरण गर्न बनेको कार्यदलले कमिटीको सदस्य संख्यामा सहमति बनाए पनि नेतृत्वमा भने सहमति जुटाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।