काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ।
छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो। यस आधारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।