काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।