काठमाडौं– नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ।
आज एकैदिन ४ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य पुन उकालो लागेको हो।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले तोलामा ३ हजार १ सय ७० रुपैयाँ कायम भएको छ। हिजो ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेरसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। यसअघि सुनको मूल्य घट्ने क्रममा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।