काठमाडौं– इन्डोनेसियाको बालीमा भएको उच्चस्तरीय अन्तर्राष्ट्रिय संसदीय बैठकमा सहभागी भएर कांग्रेस सांसद डा मिनेन्द्र रिजाल आज स्वदेश फर्किएका छन्।
_x000D_
_x000D_
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको आयोजनामा भएको कार्यक्रममा उनले नेपालको मानव पूँजी विकास र दिगो विकासका बारेमा आफ्नो प्रस्तुति दिएका थिए। दुवै संस्थासँग उनले मानव विकास र दिगो विकासका लागि नेपालमा सहयोग बढाउने गरी छलफलसमेत गरेको बताइएको छ।
_x000D_
_x000D_
विश्व बैंकका अध्यक्ष जिम किम र मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टिन लगार्डसँग भेट गर्दै नेता रिजालले नेपालमा थप कार्यक्रमहरु सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। डा रिजालको आग्रहमा दुवै जनाले सकारात्मक प्रतिक्रिया जनाएका छन्।
_x000D_
_x000D_
उच्चस्तरीय संसदीय बैठकमा विभिन्न देशका सांसदहरुको सहभागिता रहेको थियो।
_x000D_
_x000D_
प्रकोपबाट बढी प्रभावित मूलुक इन्डोनेसियामा बैठक आयोजना गरिएकोले बैठकमा प्रकोप व्यवस्थापनका बारेमा पनि छलफलमा भएको थियो। यसका साथै विश्वव्यापी आर्थिक अवस्था, लगानीको वातावरण, मौद्रिक नीति लगायतका विषयमा पनि छलफल भएको डा रिजालले जानकारी दिए।
_x000D_
_x000D_
मुद्रा कोषले सोमबार मात्रै बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८)को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।