राजविराज– दसैं, तिहार र छठ पर्वका समयमा हुने सवारी दुर्घटना कम गर्ने उद्देश्यले बुधबारदेखि प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा ‘रिफ्रेस सेन्टर’ र ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ।
_x000D_
_x000D_
चालकको कमजोरीले हुने सवारी दुर्घटना तथा एकान्त स्थानमा हुनसक्ने लुटपाट र चोरीका घटना न्यूनीकरण गर्न ‘रिफ्रेस सेन्टर’ र ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो। लामो दुरीका रात्रिकालीन सवारी साधनलाई लक्षित गरी सुरु गरिएको ‘रिफ्रेस सेन्टर’ र ‘यात्रु सहायता कक्ष’को सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेल र एसपी राजेन्द्र विष्ट संयुक्त रुपमा उद्घाटन गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
बुधबार दिवाकालीन सवारीलाई पनि अभियानमा सामेल गरिएको छ। लामो दुरीका सवारी साधन रोक्ने तथा पानी र चिया/कफी खुवाउँदै टफिक नियम पालना गर्न आग्रह सहित गन्तव्यमा पठाउने काममा प्रहरी परिचालन भएका छन्।
_x000D_
_x000D_
छिटो पुग्ने हतार, यात्रु चढाउने प्रतिस्पर्धा र रातको समयमा चालक निदाएर हुने दुर्घटना न्यूनीकरणमा यो अभियानले मद्दत पुग्ने एसपी विष्टले बताए। ‘विगतका वर्षहरुमा चाडपर्व लागेपछि धेरै दुर्घटना भएका छन्। हामीले त्यसलाई अध्ययन गरेपछि यो निष्कर्ष निकाल्यौं’, उनले भने, ‘छठ पर्वको चहलपहल नसकिएसम्म यो अभियान निरन्तर चल्नेछ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
रातको समयमा एकान्त स्थल पारी सवारी साधन लुटपाट हुने गरेका घटनामा समेत यसले कमी ल्याउने प्रहरीले विश्वास लिएको छ। ‘चालकलाई रिफ्रेस गराएपछि सावरी साधनलाई समूह बनाएर बिदा गरिन्छ।,’ एसपी विष्ट भन्छन्, ‘यसो गर्दा लुटपाटका घटना हुन पाउँदैनन् भन्ने हामीलाई विश्वास छ।’
_x000D_
_x000D_
प्रहरीले केही दिनअघि सार्वजनिक गरेको चाडपर्व लक्षित ११ बुँदे विशेष कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसका साथै प्रत्येक इलाका प्रहरी कार्यालयमा नागरिक/यात्रु सहायता कक्षको स्थापना तथा सवारी साधनको छड्के चेकिङलाई पनि प्रहरीले उच्च प्राथमिकतामा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भावेश रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।