काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा धितो बन्धक पास गर्ने कार्यमा ५० हजार घुस लिने मालपोत कार्यालयका अधिकृत र खरिदारलाई घुससहित पक्राउ गरेको छ।
_x000D_
_x000D_
सेवाग्राहीसँग जग्गा कारोबारमा घुस लिने गरेको सेवाग्राहीरुको उजुरीका आधारमा अनुगमनमा गएको अख्तियारको टोलीले मालपोत कार्यालय कास्कीका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
कार्यालयभित्र उनीहरुलाई मंगलबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई काठमाडौं ल्याइएको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। उनीहरुमाथि घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।