काठमाडौं– रसियाको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। रसियास्थित गाजेस्थानमा रहेको अर्गानिक कृषि फार्ममा कामदारको आवश्यकता भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ पर्नेमा नुवाकोटको ओखरपौवा गाउँपालिका–६ घर भई ललितपुर च्यासल बस्ने ३९ वर्षीय राजु तामाङ, ललितपुर महानगरपालिका–१२ घर भएका ७२ वर्षीय ज्ञानगोविन्द वैद्य र सिन्धुपाल्चोकको जुगला गाउँपालिका–६ घर भई काठमाडौं नरेफाँट बस्ने ४४ वर्षीय जगतबहादुर श्रेष्ठ छन्। पक्राउ परेका तामाङले आफू रसियामा बस्दै आएको र कृषि फार्मसमेत रहेको बताएका थिए।
_x000D_
_x000D_
वैद्यले रसियाका तामाङको कृषि फार्मबाट कामदारको माग भएको भन्दै आफ्नै घरमा बोलाएर रकम संकलन गर्ने गरेको पाइएको छ। श्रेष्ठ भने गाउँका सोझासिधा व्यक्तिलाई रसिया पठाउने भन्दै वैद्यको सम्पर्कमा पुर्याउने काम गर्थे।
_x000D_
_x000D_
प्रहरीले उनीहरुबाट ७४ थान राहदानी, ४ लाख ३० हजार रुपैयाँ, विभिन्न बैंकका भौचर, एटिएम कार्ड बरामद गरेको छ।
_x000D_
_x000D_
रसियाको कृषि फार्मका लागि भन्दै लोभलाग्दो अफर
_x000D_
उनीहरुले रसियाको कृषि फार्ममा कामदार चाहिएको र दैनिक १० घन्टा काम गर्दा एक हजार डलर मासिक आम्दानी हुने र खानेबस्ने समेत सुविधा भएको भन्दै ठगी गरेको सिआइबीले जनाएको छ। रसिया जान प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै एड्भान्सको रुपमा प्रतिव्यक्ति २ लाख रुपौयँसम्म लिएर ठगी गरेको सिआइबीका डिएसपी कवित कटवालले जानकारी दिए।
_x000D_
_x000D_
दुई वर्षदेखि रसियामा बस्दै आएका तामाङले मेडिना नामक कृषि फार्म आफ्नो हो भनी झुटो विवरण दिएको अनुसन्धानबाट खुल्न आएको छ। उनले आफ्नो फार्ममा ८३ जना कामदारको माग भएको भन्दै नक्कली डिमान्ड लेटरसमेत बनाउने गरेको डिएसपी कटवाल बताउँछन्। प्रहरी अनुसन्धानबाट उनले आफ्नो भनेको उक्त कृषि फार्म रसियन नागरिकको भएको खुलेको छ।
_x000D_
_x000D_
रसिया पठाउने भन्दै साधारण लेखपढ गर्न जान्ने सिन्धुपाल्चोक, चितवन, झापा, पर्सा लगायत जिल्लाका व्यक्तिहरुलाई उनीहरुले ठगी गरेको पाइएको छ।
_x000D_
_x000D_
उनीहरुलाई विश्वासमा पार्नका लागि एजेन्टहरुले काठमाडौंमा रहेका विभिन्न मेडिकल सेन्टरमा शारीरिक परीक्षणसमेत गराएको पाइएको छ। ठूलो संख्यामा रसिया जाने व्यक्ति ल्याउनेलाई फ्रिमा पठाउने उनीहरुले 'अफर' पनि ल्याएका थिए।
_x000D_
_x000D_
अहिलेस्म्म ३९ जनाबाट उनीहरुले ४५ लाख ११ हजार भन्दा बढी रकम उठाइसकेको भन्दै जाहेरी परेको छ। यो संख्या बढ्न सक्ने सिआइबीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई काठमाठौं जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी अनुस्नधान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।