काठमाडौं- बर्दिया क्षेत्र नम्बर १ बाट तत्कालीन वाम गठबन्धनका संयुक्त उम्मेद्वार बनेका बामदेव गौतमलाई ७ सय ५३ मतले हराएर प्रतिनिधि सभा सदस्य बनेका नेपाली कांग्रेसका सञ्जय गौतमले रामवीर मानन्धरलाई राजीनामा गराएर बामदेवलाई सांसद बनाउने खेलप्रति कडा टिप्पणी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी बनेका रामवीर मानन्धरले बामदेव गौतमलाई संसदमा प्रवेश गराउनकै लागि राजीनामा दिएपछि कांग्रेसका गौतमले यस्तो टिप्पणी गरेका हुन्।
_x000D_
_x000D_
वामदेवलाई संसदभित्र प्रवेश गराउने रणनीतिलाई लिएर सञ्जयले आफू भएको भए यस्तो कुचेष्टा नगर्ने बताएका छन्। नेपाल लाइभसँग कुरा गर्दै प्रतिनिधि सभा सांसद गौतमले जनताको अभिमत सम्मान गर्नुपर्ने बताएका हुन्। अाफू भएको भए एक पटक हारेपछि जितेका अर्का सांसदलाई राजीनामा गराएर अर्को पटक चुनाव नलड्ने बताए। यसो गर्नु अाफ्ना लागि नैतिक रुपमा लज्जास्पद हुने उनले बताए।
_x000D_
_x000D_
‘मैले यसलाई गम्भीर रुपमा लिएको छ। म भएको भए फेरी यसरी चुनाव लड्दैन थिएँ। जनताको अभिमतलाई सम्मान गर्दै अर्को पटककाे अाम चिर्वाचनमा नै लड्ने थिएँ' उनले भने 'मसँगै निर्वाचनमा लड्नु भएको व्यक्तिका बारेमा यो विषयमा धेरै टीका टिप्पणी गर्नु जायज हुँदैन्।’ सांसद गौतमले भने, ‘म यति मात्रै भन्छु की उहाँको ठाउँमा म भएको भए फेरी निर्वाचन लडेर प्रतिनिधि सभाको सांसद हुने चष्टा गर्ने थिइँन।’
_x000D_
_x000D_
इतिहासमा यस्ता खालका उतार–चढाव र घटना भए पनि व्यक्तिगत रुपमा आफूलाई यस्ता विषयमा कुनै चिन्ता नभएको सांसद गौतमले स्पष्ट पारे। तर, यस्तो अवसरलाई प्रयोग गर्ने सोच आफूमा नरहेको गौतमको दाबी छ।
_x000D_
_x000D_
सांसद गौतमले काठमाडौंबाट आउने परिणाम वामदेवका पक्षमा त्यति सहज नभएको बताए। वामदेव गौतमलाई नजिकबाट चिनेका कारण पनि आफ्ना लागि यो विषय त्यति नौलो नभएको सांसद गौतम बताउँछन्। यसले सोचको संकेत गर्ने उनको तर्क छ। सांसद गौतमले जनताको मतलाई सम्मान गर्न सक्नु नै जनताप्रतिको सम्मान हुने उल्लेख गरे। यो पद्धति र प्रक्रिया नै गलत रहेको सांसद गौतमको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।