काठमाडौं– संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
_x000D_
_x000D_
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएका हुन्।
_x000D_
_x000D_
बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन्। सभापति खड्काले विवादमा तानिएको पप्पु कन्सट्रक्सन कम्पनीलाई ठेक्का दिने काम गरेकोमा पनि असन्तुष्टि व्यक्त गरिन्।
_x000D_
_x000D_
समितिकी सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना निर्माणको काममा तीव्रता दिन ढिलाइ नगर्न पनि सरकारसँग आग्रह गरिन्। उनले विकास निर्माणको कामलाई अघि बढाउन आवश्यक कानुनको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
_x000D_
_x000D_
सभापति खड्काले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिन सञ्चारकर्मीहरुलाई पनि आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।