• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बिकिनी किलर शोभराजलाई सरकारले किन दिइरहेछ वार्षिक एक लाख?

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ०८:४७
1140x725

काठमाडौं– अफगानिस्तानमा चोरी आतंक मच्चाइरहेका थिए, चार्ल्स शोभराज। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएका उनी इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाइल्यान्ड पुगे। त्यहाँ त उनले तीन जना पर्यटकको हत्या नै गरे।

_x000D_ _x000D_

तिनै पर्यटकको पासपोर्ट बोकेर नेपाल छिरेका थिए शोभराज। त्यसअघि उनले भारत र मलेसियामा आपराधिक सञ्जाल बिस्तार गरिसकेका थिए।

_x000D_ _x000D_

उनले विभिन्न देशमा गरी २० भन्दा बढी व्यक्तिको हत्या गरेको बताइन्छ।

_x000D_ _x000D_

— OOO —

_x000D_ _x000D_

बिकिनी किलरका रूपमा कुख्याती कमाएका चार्ल्स शोभराज अहिले केन्द्रीय कारागारको गोलघरमा बन्दी जीवन बिताइरहेका छन्। 

_x000D_ _x000D_

२०६० सालमा काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको थियो। अहिले उनको धेरैजसो समय अस्पताल आवतजावतमै बित्ने गरेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

मुटुको बिरामी शोभराजले मुटुको शल्यक्रियासमेत गरिसकेका छन्। मुटुको भल्वले कामै गर्न छाडेपछि एउटा भल्व फेरिएको छ भने अर्कोको उपचार भइरहेको छ। उनी दमका रोगी पनि हुन्। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

उमेरले पनि सात दशक पार गरिसकेका शोभराज बिरामी परिरहनु सामान्य नै भएको जेलर वेदनिधि अधिकारी बताउँछन्। 

_x000D_ _x000D_

२०६० सालदेखि बन्दी जीवन बिताइरहेका शोभराजको उपचार खर्चका लागि राज्यले ठूलै लगानी गर्नुपरेको छ। अहिलेसम्म राज्यबाट मात्रै १४ लाख रुपैयाँभन्दा बढी उपचारमै खर्च भइसकेको जेलर अधिकारीले बताए। उनले बन्दी जीवन बिताएकै १४ वर्ष पुगिसकेको छ। यसरी हेर्दा शोभराजको उपचारका लागि राज्यले हरेक वर्ष एक लाख रुपैयाँको दरले खर्च गर्दै आएको छ।

_x000D_ _x000D_

यसबाहेक अन्य निजी अस्पतालमा शोभराजकै आग्रहमा पनि उपचार भइरहेको छ। निजी अस्पतालको उपचार खर्च भने शोभराज आफैंले तिर्दै आएका छन्। निजी अस्पतालका लागि राज्यले तिरेभन्दा झन्डै दोब्बर रकम शोभराज आफैंले तिरेको प्रशासनले जनाएको छ। अहिले भने शोभराजको स्वास्थ्य अवस्था ठिक भएको कारागारले जनाएको छ। उनी अन्य कैदीसँग खासै बोल्दैनन्। सोधेको कुराको जवाफ मात्रै फर्काउँछन्।

_x000D_ _x000D_

निहिता भेट्न आउँदिनन्
_x000D_ शोभराज जेल परेपछि प्रेमिका निहिता विश्वास उनलाई भेट्न आइरहन्थिन्। मुटुको शल्यक्रियापछि भने उनी नआएको कारागार स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

शल्यक्रियाका बेला निहिता उनकी आमा शकुन्तला थापासहित गत वर्ष जेठमा बाँसबारीस्थित गंगालाल अस्पतालमा पुगेकी थिइन्। त्यस क्रममा उनी आफैले रगत दिएकी थिइन्। थप रगत चाहिने र त्यसका लागि ८० हजार रुपैयाँ आवश्यक पर्ने भएपछि उनी अस्पतालमै रोएकी थिइन्।

_x000D_ _x000D_

त्यसपछि भने उनी फर्केर कारागार पुगेकी छैनन्। निहिता आउन छाडी भन्दा आफूलाई असहज महसुस हुने भएकाले शोभराज भने 'भेट्न आउने गरेको' बताउँछन्।

_x000D_ _x000D_

शोभराजको अपराध-यात्रा
_x000D_ सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। 

_x000D_ _x000D_

उनले अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै एक वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो। 

_x000D_ _x000D_

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ।

_x000D_ _x000D_

त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।

_x000D_ _x000D_

त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। त्यहाँबाट उनी अफगानिस्तान, इरान, टर्की, ग्रिस लागे। थाइल्यान्डमा तीन पर्यटकको हत्या गरी नेपाल आएका उनले यहाँ पनि विदेशी पर्यटकको हत्या गरे। 

_x000D_ _x000D_

२०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए उनले। 

_x000D_ _x000D_

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो। 

_x000D_ _x000D_

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए। उनी 'नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छु' समेत भन्थे। 

_x000D_ _x000D_

२०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। त्यसयता उनको जीवन केन्द्रीय कारागारमा बितिरहेको छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावअघि विशेष महाधिवेशन गर्न ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्ताव
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत
जेन–जी आन्दोलनपछि क्षतिग्रस्त महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गर्छौ: अर्थमन्त्री खनाल
सम्बन्धित सामग्री
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत सरकारले सरकार र निजी प्रवर्द्धकबाट समेत कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत् सम्बन्धी उत्पादन, प्रसारण र वितरण आयोजनालाई यो सूच... मंगलबार, कात्तिक २५, २०८२
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा... मंगलबार, कात्तिक २५, २०८२
आज यस्तो छ दशभरको मौस आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मंगलबार, कात्तिक २५, २०८२
ताजा समाचारसबै
चुनावअघि विशेष महाधिवेशन गर्न ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्ताव मंगलबार, कात्तिक २५, २०८२
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत मंगलबार, कात्तिक २५, २०८२
जेन–जी आन्दोलनपछि क्षतिग्रस्त महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गर्छौ: अर्थमन्त्री खनाल मंगलबार, कात्तिक २५, २०८२
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्