धादिङ– धादिङमा सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेकाे पाइएकाे छ। जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको सिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ।
_x000D_
_x000D_
मदिरा नियन्त्रण र लागूऔषध निषेधसम्बन्धी एक महिने अभियानको क्रममा बालिकामाथि सबैभन्दा बढी यौन हिंसा भएकाले विद्यालय तहमा अभियान सञ्चालन गरिएको छ।
_x000D_
_x000D_
प्रहरीको अगुवाइमा जिल्लाका १ सय ६५ विद्यालयका २१ हजार बालबालिकालाई सचेतना अभियानमा सहभागी गराइएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
_x000D_
_x000D_
महिलामाथि हुने किसिमको हिंसा नियन्त्रण गर्न सबै मिलेर लाग्न प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।