काठमाडाैं– बर्दिया १ बाट पराजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतम काठमाडौं ७ बाट प्रतिनिधिसभा निर्वाचनमा भिड्न लागेपछि सामाजिक सञ्जाल उनको विरुद्धमा देखिएको छ।
_x000D_
_x000D_
निर्वाचन आयोग र सुरक्षा निकायबाट हुने खर्चले प्रति निर्वाचन क्षेत्र १० करोड भन्दा बढी राज्यलाई व्ययभार पर्छ। लोकतन्त्रको उपहास, राज्य ढुकटीको दोहन, पराजित व्यक्तिको संसदमा आउनै पर्ने जिद्दी लगायतका कारणले सामाजिक सञ्जाल गौतमको ‘हर्कत’को विपक्षमा उत्रिएको हो। सञ्जालमा सर्वसाधारण, नागरिक समाज, प्रबुद्ध वर्ग, विपक्ष दलका नेता गौतमको कदमको विरोधमा उत्रिएका छन्। विपक्ष मतलाई साथ दिने कतिपय नेकपा कार्यकर्ता पनि छन्।
_x000D_
_x000D_
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गौतम काठमाडौंमा पुनः उम्मेदवार बन्नु लोकतन्त्रको भ्रष्टिकरण देख्छन्। भट्टराईले खर्चिलो चुनावले आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत भएको उल्लेख गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
लेखक खगेन्द्र संग्रौला गौतमलाई संसदमा ल्याउन लागिएको प्रति रुष्ट छन्। संग्राैलाले बामदेवको इच्छालाई ‘देखिन, चिनिन, दम्भ प्रदर्शन गर्न र दौलत थुपार्न सत्ताको पद नै चाहिने?’ भन्दै प्रश्न गरेका छन्। गौतमको प्रयासलाई निर्लज्ज उदाहरण भनेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
अर्थविद् तथा अर्थमन्त्रालयका पूर्व सचिव रामेश्वर खनालले काठमाडौं ७ का जनताले भेडा नभएको पुष्टि गर्ने समय आएको बताएका छन्। उनले काठमाडौं ७ का नागरिकले सार्वभौम नागरिक भएको प्रमाणित गर्नुपर्ने दिन आएको उल्लेख गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
लेखक दिनकर नेपाल बामदेवलाई हराउनै पर्ने पक्षमा छन्। लोकतन्त्र टाउकेहरूको मनोमानी नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘बामदेव हराउने अभियान सुरु गरौं।म अहिल्यै १० हजार हाल्न तयार छु।’
_x000D_
_x000D_

_x000D_
_x000D_
बौद्धिक वर्गका साथै नागरिक समाजबाट पनि गौतमको इच्छा विरुद्ध आवाज उठेको छ। व्यवसायी सनम चित्रकार लेख्छन् ‘मेरो बसाई ७ नम्बरमा पर्छ र मेरो भोट राख्ने क्षेत्र ८ मा। मलाई कुनै हालतमा ७ मा बामदेव विरुद्ध भोट राख्नु छ , केही छ उपाय?’
_x000D_
_x000D_

_x000D_
_x000D_
साहित्यकार तीर्थ प्रसाई तत्कालीन एमाले नेता मदन भण्डारीको भनाइ स्मरण गर्दै लेख्छन्, ‘बामदेव पार्टीमा नभए पार्टी लुलो हुन्छ, बामदेव पार्टीमा भए पार्टी धुलो हुन्छ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
बर्दिया क्षेत्र नम्बर–१ का कांग्रेस उम्मेदवार सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरी विजयी हुँदा गौतमले ४४ हजार ७६ मत प्राप्त गरी पराजित भएका थिए। नेपाली कांग्रेसका ‘लो लेभल’का गौतमले ‘हेभिवेट’ तत्कालीन एमालेका नेता गौतमलाई हराएका थिए।
_x000D_
_x000D_
कांग्रेसका जिल्ला सभापति निर्वाचनमा गौतमले हारमा चित्त बुझाउनु परेको थियो। जबकी स्थानीय तहको निर्वाचन मूल्यांकन गर्दा तत्कालीन एमाले र माओवादी केन्द्र कांग्रेस भन्दा करिब ३१ हजार मतले अघि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।