काठमाडौँ– नेपाली बजारमा निरन्तर रूपमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।
बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको तुलनामा बुधवार १ हजार रुपैयाँ सुन घटेको हाे। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला २ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।