काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ।एकैदिन तोलामा १९ सयले बढेर नयाँ रेकर्ड बनाएको हो।
सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो।
सोमबार तोलामा २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।