राजविराज– भन्सार छली गरी नेपाल भित्र्याइएको डेढ लाख मूल्य बराबरको सामान मंगलबार प्रहरीले सिरहाका विभिन्न स्थानबाट नियन्त्रण गरेको छ।
_x000D_
_x000D_
ईलाका प्रहरी कार्यालय वरियारपट्टि, माडर तथा वडा प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले चेक जाँचका क्रममा सामान नियन्त्रण गरेको हो।
_x000D_
_x000D_
पक्राउ परेको कपडा, कस्मेटिक र खाद्यान्न लगायत गरी १ लाख ४७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको डिएपी माधवराज खरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।