तेह्रथुम– म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुग्दा त्यहाँका जनतामा खुसी देखिएकाे छ।
_x000D_
_x000D_
गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा सुरु भएको हो। म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा सुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले बताए।
_x000D_
_x000D_
मंगलबार पिप्लेमा पहिलो पटक बस पुगेको हो। दैनिक बेलुका ४ बजे बसपार्कबाट र बिहान ७ बजे पिप्लेबाट बस छुट्ने तेह्रथुम बस काउन्टरका प्रमुख डिल्ली रेग्मीले बताए।
_x000D_
_x000D_
गाउँसम्मै दैनिक बस पुग्न थालेपछि गाउँबाट बजार आवतजावत तथा पूर्वी तराईसम्म जान सहज हुने भएको छ।
_x000D_
_x000D_
सदरमुकाम नजिकै रहेको पिप्लेमा वर्षौंअघिनै सडक निर्माण भए पनि हालसम्म बस सेवा पुगेको थिएन।
_x000D_
_x000D_
वर्षाले क्षतिग्रस्त सडक मर्मत भएपछि अहिले म्याङलुङबाट फेदाप गाउँपालिकाको इसिबुसम्म, जिरीखिम्तीबाट मोराहाङसम्म र छथर गाउँपालिकासम्म पनि दैनिक बस सेवा सञ्चालन भइरहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।