खोटाङ– थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ।
_x000D_
_x000D_
१ अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत सेयर लगानी रहने जनाइएको छ।
_x000D_
_x000D_
दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम थालिएको साप्सुखोला जलविद्युत् हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानास्थित बेलडाँडाबाट उत्पादन गरिने हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार खरेलले बताए।
_x000D_
_x000D_
‘विद्युत् उत्पादनका लागि प्राधिकरणसँग पिपिए गरिसकिएको छ।’ उनले भने, ‘दसैं तिहारपछि काम अगाडि बढाउने तयारीमा लागेका छौँ।’
_x000D_
_x000D_
कूल आम्दानीको दुई प्रतिशत स्थानीय तहलाई दिने गरी काम थालिएको जलविद्युत् उत्पादनको काम अहिलेसम्म १० प्रतिशत सम्पन्न भएको जनाइएको छ।
_x000D_
_x000D_
जलविद्युत् उत्पादनका लागि ८५ रोपनी सरकारी र ४७ रोपनी निजी जग्गा खरिद गरेर कम्पनीको नाममा पास गरिसकिएको आयोजना प्रमुख जेनिश लामाले बताए।
_x000D_
_x000D_
दश स्थानीय तह रहेको जिल्लामा साना ठूला गरी डेढ दर्जन बढी हाइड्रोपावर सञ्चालनमा छ।
_x000D_
_x000D_
तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६३/६४ मा उक्त हाइड्रोपावरलाई एकीकृत गर्दै ५ वर्षभित्र जिल्लालाई अन्धकारमुक्त बनाउने गरी आवधिक योजना बनाए पनि कार्यान्वयन भएको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।