काठमाडौँ– प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित देउवा निवासमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए।
सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।