काठमाडौँ– काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ।
जेनजीको आन्दोलनलाई लक्षित गर्दै तीनै जिल्लाले कर्फ्यु आदेश जारी गरेका हुन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्युआदेश जारी गरेका हुन्।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यू आदेश जारी गरिएको हो।
ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन्।
भक्तपुरमा पनि बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको छ। अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुर एक सूचना जारी गर्दै जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।