काठमाडौं– नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन्।
सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन्।
१९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुरले भने बिहान साढे बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेका छन्।
तर कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।