काठमाडौं– सरकारले जेनजी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ।
आन्दोलनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यकले घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गरी अराजक मच्चाउने तत्वको पहिचान गरीघटना छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय पनि क्याविनेटले गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बागुरुङले आजको आनन्दोलनमा मृतक भएकाको श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना प्रकट गरेको बताए।
मृतकका परिवारलाई राहत तथा घाइतेको सरकारले उपचारको व्यवस्था मिलाउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।