काठमाडौँ– काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ।
साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे।
मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन्। जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए। उनले भने, ‘यसअघि मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन।’
यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन्। एक जनाको मृत्यु पुष्टि भएको सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले जानकारी दिए। प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७७ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।