काठमाडौँ– जेनजीले सोमबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनलाई साम्य बनाउने प्रयास स्वरूप प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
यस्तै लाठीचार्ज समेत भएको प्रहरी स्रोतले बतायो।
सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र बेथितिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्रभित्र पुगेका हुन्। निषेधित क्षेत्रमा पुगेर प्रदर्शनकारीहरू संसद् भवनको पर्खाल भत्काउने प्रयाससहित तोडफोड गरिरहेका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ।
कर्फ्यु क्षेत्र
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।