काठमाडौं– सोमबारको तुलनामा ०.७२ प्रतिशतले घट्दै मंगलबार नेप्से २ हजार ७ सय ४१.९७ विन्दुमा झरेको छ ।
मंगलबार कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २२१ वटाको घट्यो । यसरी सेयर मूल्य बढ्ने कम्पनीको तुलनामा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।
आज दिन ८९ हजार ७ सय ७५ पटकको कारोबारमा १ करोड ५ लाख ३५ हजार ८ सय ७४ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये १३ वटै उपसमूहकै परिसूचक घटेपछि समग्र नेप्से झण्डै २० अंकले घटेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।