काठमाडौं– साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट हुँदै बन्द भएको छ।
बुधबार ५३ अंकले बढेको सेयर बजार आज ३८ अंकले गिरावट आएको हो।
सेयर बजारमा भारी गिरावट भएसँगै आज सेयर बजार परिसूचक २७८१ विन्दुमा पुगेर बन्द भएको छ। बुधबार २८ सयको विन्दु पार गरेको सेयर बजार पुनः गिरावट हुँदै २७ सयको विन्दुमा झरेको हो।
बजार गिरावट भए पनि कारोबार रकम बढेको छ। बुधबार जम्मा ७ अर्ब ६८ करोड मूल्य बराबरको सेयर किनबेच हुँदा आज आठ अर्ब ९ करोडभन्दा बढी रहेको छ।
२४ कम्पनीकमो मूल्य बढ्दा २२७ को घट्यो। आज सबै सेक्टरका सूचक घटे।
विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घट्यो। बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशत घटे। निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशत बढ्यो।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। मैलुङखोला जलविद्युत्को मूल्य ३.६२, थ्रीस्टार हाइड्रोपावरको ३.४१, एनएलजी इन्स्योरेन्सको ३.१९ तथा पिपुल्स पावरको मूल्य ३.१७ प्रतिशत बढ्यो।
त्यस्तै ओरियन्टल होटलको मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशत घट्यो। लुम्बिनी विकास बैंकको ४.१८, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८७, सिक्लेस हाइड्रोपावरको ३.८० तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।