काठमाडौँ– तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो।
महासंघका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि आइतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भएकाे थियाे।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।