काठमाडौँ– एक वर्षको अवधिमा नेपालमा १७ खर्बभन्दा बढी राजश्व भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई .१७ अर्ब २३ अर्ब २७ करोड पुगेको हो।
अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। यस्तै २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको पनि राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो।
अन्तर्राष्ट्रिय मुद्रामा हेर्दा पनि नेपाली श्रमिकले पठाउने रकममा वृद्धि भएको देखिन्छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढ्दै १२ अर्ब ६४ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यसमा १४.५ प्रतिशत वृद्धि मात्र भएको थियो।
यस्तै, समीक्षा वर्षमा खुद द्वितीय आय (ट्रान्सफर आय) रु. १८७४ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यो रु. १५७१ अर्ब २४ करोड मात्र थियो। यसले मुलुकको वैदेशिक आय स्रोतमा विप्रेषण अझै प्रमुख योगदानकर्ता रहेको स्पष्ट पारेको छ।
श्रम स्वीकृतिको तथ्यांक हेर्दा, २०८१/८२ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ। सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ। अघिल्लो वर्ष यी संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ मात्र थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।