• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वाइडबडी जहाज खरिदको विषयमा श्वेतपत्र जारी गर्दै नेपाल एयरलाइन्स, श्वेतपत्रमा के छ?

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  ११:०६
1140x725

काठमाडाैं– वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता भएको भन्दै विरोध भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले खरिद प्रक्रियामा भएको विषयवस्तु समेटेर श्वेतपत्र जारी गर्ने तयारी गरेको छ।

_x000D_ _x000D_

नेपाल एयरलाइन्सले जहाज खरिद प्रक्रियाका सबै विषयवस्तु समेटेर श्वेतपत्र तयार गरिसकेको छ। स्वेतपत्र नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा पुगेको छ। समितिले स्वेतपत्र स्वीकृत भने गरिसकेको छैन।

_x000D_ _x000D_

के छ श्वेतपत्रमा?

_x000D_ _x000D_

श्वेतपत्रमा निगमको वाइडबडी विमान खरिद प्रक्रिया सुरु गर्नुपूर्व अन्तर्राष्ट्रिय उडानको लागि करिब ३० वर्ष पुराना दुईवटा बोइङ ७५७ र नयाँ खरिद गरिएका दुईवटा न्यारोबडी एयरबस ए ३२०–२०० सञ्चालनमा रहेको उल्लेख छ।

_x000D_ _x000D_

नेपालको अर्थतन्त्रमा योगदान गर्ने प्रमुख क्षेत्रमध्ये पर्यटनलाई महत्वपूर्ण खम्बाको रुपमा कायम गरी सरकारले पर्यटन क्षेत्रको प्रवर्धन र विकास युद्धस्तरमा गर्ने निर्णयअनुसार वाइडबडी जहाज खरिद गर्ने निर्णय गरेको स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

सोहीअनुरुप सरकारले आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेटमार्फत हवाई सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आवागमन र पहुँच बढाउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका विमानहरु थप गर्ने निर्णय गरेको उल्लेख छ। सोही बजेटमा आगामी ५ वर्षभित्र राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाज सञ्चालनमा ल्याइने उल्लेख गरेको समेत स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

त्यसपछि आर्थिक वर्ष २०७२/७३ को बजेटमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा थप जहाजहरु ल्याउने प्रक्रिया शुरु गरिनेछ भन्ने विषय समेत स्वेतपत्रमा समावेश गरिएको छ। 

_x000D_ _x000D_

त्यसलगत्तै प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयबाट ‘अन्तर्राष्ट्रिय उडान सेवा विस्तार तथा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न तथा आन्तरिक उडानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल वायुसेवा निगमले आवश्यकताअनुसार विमानहरु खरिद गरी सञ्चालनमा ल्याउने’ निर्देशन भएको कुरा पनि उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

यसैगरी निगमको ३ वर्षे सुधार कार्ययोजना, २०७२ मा २०७२ फागुनभित्र दुईवटा वाइडबडी जहाज खरिदको लागि आवश्यक टेन्डर डकुमेन्ट तयार गर्ने उल्लेख भएको समेत स्वेतपत्रमा उल्लेख गरिएको छ । टेन्डर डकुमेन्टमा २०७३ को मंसिरमा पहिलो वाइडबडी र दोस्रो वाइडबडी २०७३ को फागुनभित्र प्राप्त गर्ने सीमा तोकिएको विषय पनि श्वेतपत्रमा तयारी अवस्थामा रहेको उल्लेख छ ।

_x000D_ _x000D_

त्यसलगत्तै आर्थिक वर्ष २०७३/७४ को बजेट र नीति तथा कार्यक्रममा ‘आगामी आर्थिक वर्षमा दुईवटा वाइडबडी विमान खरिद गर्ने व्यवस्था मिलाइने’ उल्लेख छ। त्यसमा पनि जहाज खरिदका लागि आवश्यक ऋण लिँदा नेपाल सरकार जमानत बस्ने भनी २०७३ भदौ २९ गते अर्थमन्त्रीस्तरीय निर्णय भएको फाइल २०७३ असोज ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेवानिलाई प्राप्त भएको विषय समेत श्वेतपत्रमा उल्लेख गरिएको छ।

_x000D_ _x000D_

सोही प्रक्रियाअनुसार नेवानिले वाइडबडी जहाज खरिद प्रक्रिया सुरु गरी जहाज नेपाल ल्याई व्यावसायिक उडान सुरु गरेको स्वेतपत्रमा उल्लेख छ। त्यसमा पनि निगम स्थापना भएको ६० वर्षपछि पहिलो पटक दुईवटा वाइडबडी जहाज नेपाल आइपुगेको विषय पनि श्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

जहाज आउँदा जनतामा जति खुसी र उत्साह थियो त्यति नै खरिद प्रक्रियामा पारदर्शिता र स्वच्छताप्रति पनि जनताले प्रश्न उठाएका थिएनन्। तर, पछिल्लो सयय जहाज खरिदको विषयमा नकारात्मक प्रश्न आउन थालेपछि नेवानिले श्वेतपत्र जारी गर्न लागेको श्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

जहाज खरिदमा सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल वायुसेवा निगम, आर्थिक विनियमावली, २०६५ लागि पालना गरेको विषयवस्तु तयारी अवस्थामा रहेको श्वेतपत्रमा उल्लेख छ। त्यसमा पनि २०७२ माघ १० गते बसेको नेवानिको सञ्चालक समितिको बैठकले ३ वर्षे कार्ययोजना लागू गर्ने निर्णय गरेको श्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

यसैगरी २०७३ वैशाख २ गतेको बसेको समितिको बैठकले निगम आर्थिक विनियमावली, २०६५ को विनियम दफा २३६ (ज्ञ) (ख) अनुसार व्यवस्थापनबाट प्रस्तुत खरिद प्रस्तावको अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिका सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको श्वेतपत्रमा उल्लेख छ। उपसमितिले २०७३ साउन ३१ गते जहाज खरिदका लागि अध्ययन गरी रिपोर्ट पेस गरेको उल्लेख छ।

_x000D_ _x000D_

उपसमितिको रिपोर्टमा ३ वटा विकल्प सिफारिस गरेको थियो। सोही रिपोर्टको आधारमा २०७३ भदौ २९ गते व्यवस्थापनले जहाज खरिदमा ४५ दिनको म्याद दिई अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न मितिको प्रस्ताव नेवानिको सञ्चालक समितिमा पेस भएको थियो। सोही प्रस्तावको आधारमा नेवानि सञ्चालक समितिले २०७३ असोज ५ गते जहाज खरिदको डकुमेन्टको ढाँचा तयार गर्ने निर्णय गरेको समेत श्वेतपत्रमा उल्लेख छ। साथै सोही दिनको बैठकले जहाज खरिदमा लाग्ने अनुमानित रकम प्रतिथान ११ करोड ८१ लाख ६३ हजार ७ सय ७३ अमेरिकी डलर रहेको समेत ठहर गरेको थियो।

_x000D_ _x000D_

सोहीअनुरुप २०७३ असोज ७ गते बसेको निगमको सञ्चालक समितिको बैठकले जहाज खरिकको लागि टेन्डर गर्ने निर्णय गरेको समेत स्वेतपत्रमा उल्लेख गरिएको छ। सोही दिनको बैठकले ‘रोल्स रोयस ट्रेन्ट ७७२बी इन्जिन’ जडान भएका दुईवटा वाइडबडी विमान ए ३३०–२०० जहाज खरिदको सूचना प्रकाशित गर्ने निर्णय गरेको श्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

नेवानिले २०७३ असोज १० गते जहाज खरिदको ग्लोबल टेन्डर सूचना गरेको थियो। सूचनामा ११ वटा बोलपत्रदाताबाट प्रस्ताव आएको थियो। २०७३ कात्तिक २३ मा सोही प्रस्तावको मूल्यांकन गर्न कमिटी गठन भएको र कमिटीले पुस २ मा प्रस्तावहरुको विषयमा अध्ययन गरी महाप्रबन्धकलाई सबैभन्दा सस्तोमा जहाज दिन तयार एएआर कर्पोरेसन सिफारिस गरी प्रतिवेदन पेस भएको श्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

२०७३ माघ एक गतेको बसेको निगमको सञ्चालक समितिको बैठकले एएआरसँग जहाज खरिद गर्ने निर्णय गरेकोदेखि जहाज खरिदमा रकम भुक्तानी भएको विषय समावेश गरेर नेवानिले स्वतेपत्र जारी गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्