काठमाडौं– नेकपाका सांसद रामवीर मानन्धरले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। काठमाडौंको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले राजीनामा दिइसकेको र सो पार्टीले स्वीकृत गर्ने बताए।
_x000D_
_x000D_
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं ७ बाट विजयी भएका थिए। उनले कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रम थापालाई ८ हजारभन्दा बढी मतले पराजित गरेका थिए।
_x000D_
_x000D_
पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा गरेपछि मानन्धरले राजीनामा दिएका हुन्।
_x000D_
_x000D_
'बामदेव पुराना नेता हुन्, मजस्तो फुत्त आएका नेता होइनन्,' कार्यक्रममा उनले भने, 'पार्टी एकता गर्न भूमिका खेलेको नेता भएकाले वामदेव सांसदमा आउनु राम्रो हुन्छ। उहाँ सांसदमा आउनुभयो विकास पनि हुन्छ।'
_x000D_
_x000D_
पार्टीले निर्णय गरे जे पनि हुने भन्दै उनले थपे, 'पार्टीले राष्ट्रियसभा सदस्य वा मन्त्री पनि बनाउन सक्छ। प्रधानमन्त्री त नबनाउला।'
_x000D_
_x000D_
गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराइरहेका थिए। पार्टीभित्रको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले भने असहमति राखिरहेका थिए। प्रचण्ड अध्यक्ष भएकाले यस विषयमा छलफल भएको मानन्धरले स्वीकार गरेका छन्।
_x000D_
_x000D_
गौतम गत चुनावमा बर्दिया-१ बाट पराजित भएका थिए। उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सयभन्दा बढी मतले पराजित भएका थिए। तर उनले आफू पराजित हुनाको कारण अन्तर्घात भएको बताउँदै आएका छन्।
_x000D_
_x000D_
गौतमले यसअघि डोल्पाबाट सांसद बन्ने प्रयास गरेका थिए। तर त्यहाँबाट विजयी सांसद धनबहादुर बुढालाई कार्यकर्ताले राजीनामा नगर्न दबाब दिएका थिए। त्यसपछि पनि उनले दैलेख, बाँके लगायतका कुनै जिल्लाबाट चुनाव जितेर सांसद बन्ने प्रयास गरिरहेको चर्चा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।