काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य १६०० रुपैयाँ घटेको हो।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।