काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको हो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।