काठमाडौँ– पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तीव्र पारिनुपर्ने बताएका छन्।
अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै कार्की मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको समेत सहभागिता हुने गरी ल्याइएको कानुन छिटो बनाइनुपर्नेमा जोड दिएका हुन्।
पूर्वअर्थमन्त्री कार्कीले भने, ‘नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन ल्याइएको हो। चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ। अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ। वैकल्पिक विकासको योजनाहरू अघि बढाउनुपर्छ।’
सांसद कार्कीकाअनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्त्वपूर्ण हुनेछ। विधेयकमा धेरै कुरा स्पष्ट रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।