काठमाडौं– एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो।
योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्यो। उत्तर कोरियाले साउदी अरबलाई १५–० र भुटानलाई १०–० ले पराजित गरेको थियो।
नेपाल भने उतकृष्ट उपविजेता बन्न पनि चुक्यो। नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो।
साउदी अरबमाथि भने १–० को कठिन जित हात पारेको थियो। तर, जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बेहोरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।