काठमाडौं– नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड राखेको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।