काठमाडौँ– बुधबार नेपाली बजारमा सुनको मूल्य मात्र १०० रुपैयाँ घटेर कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको हो।
यस्तै चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।