काठमाडौँ– आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।