• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

परिवार भेटेर सांसद पहारीले भने - फाँसीको व्यवस्था गर्न संसदमा कुरा राख्छु

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  १४:१०
1140x725

पोखरा– बाहिरबाट सिमेन्टले लेपन गरेको २ तले घर। सेतो रंगमा स–साना झ्याल र टिनको छानो। गोठमा भैंसी। घरको एक कुनामा दिवंगत छोरी श्रीयाको फोटो। फोटोबाट टाढा नगएकी श्रीयाकी आमाका आँखामा अझै आँशु थामिएको थिएन। सबै परिवार सदस्यका आँखा सपनाविहीन थिए तर आँशुले भरिपूर्ण। 

_x000D_ _x000D_

दृश्य थियो, श्रीयाको मृत्युपछिको छैठौं दिनको। बलात्कारपछि हत्या गरिएकी पोखरा २२, कोदीकी १० वर्षीया श्रीया सुनार परिवारलाई सोमबार प्रदेश सभा सांसद राजीव पहारीलगायतको टोलीले भेट गरेका छन्। आफैंले भोट दिएर जिताएका जनप्रतिनिधि आँगनमा आउँदा श्रीयाकी आमा बेलुमाया सुनारले रुँदै भनिन्, ‘त्यसलाई पनि हाम्री छोरीलाई गरेजस्तै सजाय दिनुपर्छ।’ त्यसपछि भक्कानिइन्। बाँकी बोल्न उनलाई गाह्रो पर्‍यो बोलिनन्, आँसु झारिरहिन्। वरिपरिका सबै मानिसले पनि केही बोल्न सकेनन्। 

_x000D_ _x000D_

गण्डकी प्रदेश सांसद पहारीले बेलुमायाका विलौना सुनिसकेपछि दोषीलाई कारबाही गर्न फाँसीको व्यवस्था गर्न संसदमा माग गर्ने बताए। उनले भने, ‘देशमा बलात्कार, हत्याजस्ता जघन्य अपराध बढिरहेका छन्। यी सबै घृणित कार्य गर्ने फाँसीको माग गर्दै प्रदेश सभा कुरा राख्छु।’ उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने आश्वासन सुनार परिवारालाई दिए।

_x000D_ _x000D_

संसद पहारीले श्रीयाको हत्यारा २४ घन्टाभित्रै पक्राउ पर्नुमा प्रहरीको सक्रियता रहेको बताए। ‘अपराध गरेर अपराधी भाग्न सक्दैन। प्रहरीले सक्रियता नदेखाएको भए कञ्चनपुरमा जस्तो महिनौं दिनसम्म अपराधी पत्ता लाग्न सक्दैनथ्यो,’ उनले भने, ‘कास्की प्रहरीले अपराधी पत्ता लगाउने मात्रै होइन। प्रमाण नष्ट हुन नदिन पनि पूर्ण रुपमा सचेतता  अपनाएको छ।’ श्रीया हत्या काण्डका अभियुक्त विरुद्ध सबै प्रमाण जुटिसकेको दाबी उनले गरे। 

_x000D_ _x000D_

‘तपाईंहरुलाई अपराधी अदालतमा गएर बोली फेरेर भाग्ने पो हो कि भन्ने पनि लाग्न सक्छ,’ उनले भने, ‘त्यसको चिन्तै लिनुपर्दैन, सबै प्रमाण पुगिसकेको छ। दोषीलाई हदैसम्मको कारबाही हुन्छ।’ 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

जिल्ला प्रहरी कास्कीका एसपी ओम रानाले श्रीया हत्याकान्डको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको जानकारी दिए। ‘अनुसन्धानको सम्पूर्ण प्रतिवेदन र प्रमाण सरकारी वकिल कार्यालयमा बुझाइसकेका छौं,’ उनले भने, ‘अब अदालतको फैसला अनुसार पौडेललाई कानुनी कारबाही हुन्छ।’ 

_x000D_ _x000D_

पोखरा–२२ कोदी कै २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले श्रीया बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको छ।

_x000D_ _x000D_

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाबासी सम्पूर्णलाई प्रहरीले अभिभावक भएर सुरक्षा दिने बताए। ‘सबैलाई बराबर सुरक्षाको प्रत्याभूति दिइरहेका छौं। तर यति हुँदाहुँदै पनि बेलाबेलामा अकल्पनीय घटना हुन्छन्,’ उनले भने। श्रीया सुनारको परिवारलाई सहयोग गर्न राज्यबाट पहल भइरहेको जानकारी उनले दिए। 

_x000D_ _x000D_

सिडिओ बुढाले कुनै पनि घटनाको समयमै सूचना दिनसके अपराध कम हुने विचार राखे। उनले भने, ‘समयमै हामीले खबर पायौं भने सुरक्षाकर्मी परिचालन गर्न पनि सजिलो हुन्छ,’ उनले भने। पीडामा पीडा थप्ने गरी आन्दोलन गर्नेभन्दा अनुसन्धानलाई प्रभाव नपर्ने गरेर सुरक्षा निकायलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे। 

_x000D_ _x000D_

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले श्रीया सुनारलाई सहयोग गर्न वडाबाट माथिल्लो निकायमा प्रयत्न गरिरहेको सुनाए। उनले गाउँलेलाई सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षाकर्मीको व्यवस्था गर्नसमेत माग गरे। ‘सुरक्षा व्यवस्था बढाइ पाऊँ’ भनेर सम्बन्धित मन्त्रालयमा चिठी पठाइसकेका छौं,’ उनले भने। श्रीयाको दिदीभाइको पढाइका लागि पनि प्रयास गरिरहेको उनले जानकारी दिए।

_x000D_ _x000D_

श्रीया परिवारलाई आर्थिक सहयोग
_x000D_ सोमबार श्रीयाको काजक्रियाको छैठौं दिनमा पुगेको गण्डकी प्रदेश सांसद राजीव पहारी, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको टोलीले उनको परिवारलाई अािर्थक सहयोग गरेको छ। प्रदेश सांसद पहारीको नेतृत्वमा गएको टोलीले श्रीया परिवारलाई ३० हजार रुपैयाँ सहयोग गरेको हो।

_x000D_ _x000D_

सांसद पहारीले १० हजार र प्रहरी टोलीले २० हजार रुपैयाँ सहयोग गरेका थिए। सहयोग रकम सांसद पहारीले श्रीयाकी आमा बेलुमाया सुनारलाई हस्तान्तरण गर्दै वडा विकास समितिलाई पनि आर्थिक सहयोगको व्यवस्था गर्न निर्देशन दिए।

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सर्वोच्चको आदेश
भिडियो तोडमोड गरी प्रशारण गरिएको घटनामा बीबीसीसँग एक बिलियन डलर क्षतिपूर्ति माग्ने ट्रम्पको चेतावनी
मधेसका नवनियुक्त मुख्यमन्त्रीले सम्हाले कार्यभार, विपक्षी दलहरु सडक आन्दोलनमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सर्वोच्चको आदेश मंगलबार, कात्तिक २५, २०८२
भिडियो तोडमोड गरी प्रशारण गरिएको घटनामा बीबीसीसँग एक बिलियन डलर क्षतिपूर्ति माग्ने ट्रम्पको चेतावनी मंगलबार, कात्तिक २५, २०८२
मधेसका नवनियुक्त मुख्यमन्त्रीले सम्हाले कार्यभार, विपक्षी दलहरु सडक आन्दोलनमा मंगलबार, कात्तिक २५, २०८२
जेनजी विद्रोह संस्थागत गर्न नेपाल जेनजी फ्रन्टले सरकारलाई बुझायो सम्झौतापत्रको मस्यौदा मंगलबार, कात्तिक २५, २०८२
मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्