काठमाडौँ– बिहीबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।