काठमाडौं– राजीव बिक्रम शाहको नेतृत्वमा नेपाल एथलेटिक्स संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ।
बुधबार काठमाडौंमा भएको साधारण सभाले शाहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
शाह तेस्रो पटक एथलेटिक्स संघको नेतृत्वमा चुनिएका हुन्।
साधारण सभाले उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोष कुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङलाई निर्वाचित गरेको छ।
राधाकृष्ण विष्ट (आरके) संघको सचिव पदमा निर्वाचित हुदाँ मोहनबहादुर घले कोषाध्यक्षमा निर्विरोधि निर्वाचित भए।
सदस्यहरुमा सञ्जिव तुलाधर, अन्जु चौधरी, दिलबहादुर वम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी, मोजाउल हक, शिवलाल आचार्य र पदमा चौधरी निर्वाचित भएका छन्।
सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी महासचिवमा मनोनित गरेको घोषणा गरे।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।