काठमाडौं– अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ।
दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको हो।
प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहेको संघले जनाएको छ।
छनौटका लागि भारतबाट १० खेलाडी र नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडीले भाग लिएका छन्।
नेपालबाट समान ४–४ पुरुष÷महिला खेलाडीले छनोटमा प्रतिस्पर्धा गर्ने छन्। जसमध्ये पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल र महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन्।
राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष÷महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।