काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।