हेटौंडा–नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।
संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो।निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी बैठक सुरू भयो।
बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति छ। बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो।
त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ।
९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
२१ जनामध्ये सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले भने मुख्यमन्त्री लामाकै पक्षमा रहेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका छन्।
३७ जना सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।