काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल–भारत सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन्।
_x000D_
_x000D_
सोमबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख रहेका नायब महानिरीक्षकहरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महिनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए। उनले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकोले त्यसमा विशेष ध्यान दिनसमेत सशस्त्रका अधिकारीहरुलाई सचेत गराए।
_x000D_
_x000D_
उनले राज्यले सशस्त्र प्रहरीलाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए।
_x000D_
_x000D_
गृह मन्त्रालयले ‘मदिरा नियन्त्रण र लागूपदार्थ निषेध अभियान’ सुरु गरेको जानकारी दिँदै गृहमन्त्री थापाले यो अभियानमा सशस्त्र प्रहरीले समेत विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। देशमा अस्थिरता निम्ताउन खोज्ने तत्वहरुको समेत निगरानी बढाउन गृहमन्त्री थापाले सशस्त्र प्रहरी बलका पदाधिकारीहरुलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।