राजविराज– सप्तरीमा सोमबार माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका–५, जोगिनियाँकी २५ वर्षिया सुनितादेवी यादवको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।
_x000D_
_x000D_
घरबाट करिब १ किलोमिटर पूर्वको कोशी बाँधमा माटो खन्न गएका बेला उनलाई ढिस्कोले पुरेको थियो। घाइते अवस्थामा फेला परेकी यादवलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी भावेश रिमालले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।