काठमाडौं– सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्च (नेप्से) लगातार सातौँ दिन पनि बढेर बन्द भएको छ।
यसअघि मंगलबार ८२ अंकले बढेको सेयर बजार बुधबार ५ अंकले बढ्दै बन्द भएको हो। योसँगै आज बजार २९७८ विन्दुमा पुगेर बन्द भएको हो।
बुधबार कारोबार रकम १९ अर्ब ५७ करोड पुगेको छ। यसअघि मंगलबार २० अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
आज फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशत बढ्यो। त्यस्तै हाइड्रोपावर ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, अन्य १.४४ र व्यापार ०.३१ प्रतिशत बढे।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१० प्रतिशत घट्यो। बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे।
दुई नयाँ कम्पनी ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ। टे«ड टावरको मूल्य ५८९.३० तथा सान्भीको ५२५.४० रुपैयाँ पुगेको छ।
त्यस्तै ग्रीन भेन्चर्सको मूल्य ९.४, लिबर्टी इनर्जीको ७.०८ तथा बेस्ट फाइनान्सको ५.९७ प्रतिशत मूल्य बढ्यो। भूगोल इनर्जीको ५.३२, ग्रिन डेभलपमेन्ट बैंकको ४.२६, अभियान लघुवित्तको ४.१३ तथा आरएसडीसी लघुवित्तको ४.१० प्रतिशत मूल्य घट्यो।
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।