काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।