काठमाडाैं– नेपाली बजारमा सुनको मूल्य बढेकाे छ।
आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ऐतिहासिक उचाइ कायम गरेको हो।
आज चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेकाे छ। यसअघि सोमबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।