राजविराज– सप्तरीको रुपनी गाउँपालिका ६ स्थित वीरेन्द्र बजारवाट ५ दिनअघि चोरी भएका २ वटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल सुनसरीको पकलीका फेला परेको छ।
_x000D_
_x000D_
स्थानीय रन्जित भगतको को ३३ प १५४२ र सञ्जीव भगतको ना ५६ प ७४८६ को मोटरसाइकल गत असोज १७ गते राति घरबाट चोरी भएका थिए। सोही राति एउटा मोटरसाइकलले अर्को मोटरसाइकल घिस्याएर पूर्व लैजादै गरेको अवस्थामा को ३३ प १५४२ नम्बरको मोटरसाइकल छोडेर चोरहरु भागेको प्रहरीले जनाएको छ। सो मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको इलाका प्रहरी कार्यालय रुपनीका सई भुवन कार्कीले बताए।
_x000D_
_x000D_
ना ५६ प ७४८६ नम्बरको मोटरसाइकल भने अझै फेला परेको छैन। आफ्नो मोटरसाइकल गत साउन २० गते पनि घरैबाट चोरी भएको सञ्जीव बताउँछन्। 'त्यसबेला केही रकम बुझाएर भारतीय क्षेत्रबाट मोटरसाइकल फिर्ता ल्याएको थिएँ,' उनले भने।
_x000D_
_x000D_
एउटै घरमा पटकपटक भएको चोरीको घटनाले स्थानीयवासी चकित छन्। प्रतिशोधका लागि नियतवश चोरी गराइएको हुनसक्ने आशंका गर्दै घटनाको अनुसान्धन गरी संलग्नमाथि कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।
_x000D_
_x000D_
यसैगरी, रुपनी इलाका क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढेको स्थानीय वृजमान तामाङले जानकारी दिए। केही समयअघिसम्म सानातिना घटना भए पनि पछिल्लो समयमा मोटरसाइकल, खसी, भैंसी लगायत पशुचौपाया समेत चोरी हुन थालेपछि गाउँमा त्रास उत्पन्न भएको छ।
_x000D_
_x000D_
इलाका प्रहरी कार्यालयले चोरीको गिरोह नै परिचालित भएको आशंकामा सोधपुछका लागि तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।