काठमाडौं– साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले तेस्रो जित निकालेको छ ।
बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
यस पल्टको नेपालको जितमा समीक्षा मगरले दुई गोल गरिन । यस्तै पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र विर्षणा चौधरीले एक एक गोल गरे । अर्को एउटा गोल आत्मघाती रह्यो ।
अनिषा राई भने पेनाल्टीमा गोल गर्न चुकिन । श्रीलंका चौथो हारसँगै शून्य अंकमा रह्यो । बिहीबारको दोस्रो खेलमा बंगलादेशले भुटानको सामना गर्दैछ ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो ।
तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो । नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ । शीर्ष रहने टोलीले उपाधि जित्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।